National life
cg eloctronics

सुनको मूल्यले बनायो नयाँ उचाइ, साताभरमा यति धेरै वृद्धि

एक सातामै सुनको भाउ ११ हजार ५ सय बढ्यो, शुक्रबार ३ लाख १६ हजार ७ सय

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|०५ भदौ २०८३, शुक्रबार
2.2kShares
सुनको मूल्यले बनायो नयाँ उचाइ, साताभरमा यति धेरै वृद्धि
muktinatha bikash bank

काठमाडौं । नेपाली बजारमा यो साता सुनको मूल्यले उतारचढावबीच नयाँ उचाइतर्फको यात्रा तय गरेको छ। साताको सुरुवातमा घटेको सुनको भाउ बीचमा तीव्र रूपमा बढ्दै शुक्रबारसम्म आइपुग्दा प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँ पुगेको हो।

साताको पहिलो दिन आइतबार सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। सोमबार भने मूल्य २ सय रुपैयाँले घटेर ३ लाख १ हजार ५ सय रुपैयाँमा झरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3

मंगलबार बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि देखियो। उक्त दिन प्रतितोला ६ हजार ४ सय रुपैयाँले बढेपछि सुन ३ लाख ७ हजार ९ सय रुपैयाँ पुगेको थियो। बुधबार भने पुनः २ हजार ७ सय रुपैयाँले घटेर ३ लाख ४ हजार १ सय रुपैयाँमा सीमित भयो।

everest bank

तर, साताको अन्तिम दुई कारोबार दिनमा सुनको भाउ लगातार उकालो लाग्यो। बिहीबार एकैदिन ९ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँ पुगेको सुन शुक्रबार थप ३ हजार ३ सय रुपैयाँले महँगिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भयो। यससँगै साताको सुरुवातको तुलनामा अन्तिम दिनसम्म सुनको मूल्य प्रतितोला ११ हजार ५ सय रुपैयाँले बढेको छ।

साताभर मूल्यमा पटक–पटक उतारचढाव देखिए पनि अन्तिम दुई दिनको तीव्र वृद्धिले सुनको समग्र साप्ताहिक मूल्यलाई माथि धकेलेको छ।

यो समाचार शेयर गर्नुहोस्
2.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?