National life

सुन लगातार महँगिँदै, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यले बढायो दबाब, लगातार उकालो लाग्नुको कारण के?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२६ दिन अगाडि|०८ भदौ २०८३, सोमबार
1KShares
सुन लगातार महँगिँदै, आज कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले लगातार उकालो यात्रा जारी राखेको छ। सोमबार सुनको भाउ प्रतितोला ३ हजार २ सय रुपैयाँले बढेपछि नयाँ मूल्य ३ लाख २२ हजार ७ सय रुपैयाँ कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार ३ हजार २ सय रुपैयाँले महँगिएको हो। यसअघि अघिल्लो दिन पनि सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

१० ग्राम सुनको मूल्यसमेत बढेर २ लाख ७६ हजार ६ सय ६५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन १० ग्राम सुन २ लाख ७३ हजार ९ सय २० रुपैयाँमा कारोबार भएको थियो। यस आधारमा १० ग्राम सुनको मूल्य २ हजार ७ सय ४५ रुपैयाँले बढेको हो।

यता चाँदीको मूल्य भने सामान्य घटेको छ। चाँदी प्रतितोला १० रुपैयाँले घटेर ४ हजार ९ सय ६५ रुपैयाँमा कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

यसरी सोमबार सुनको मूल्यमा उल्लेख्य वृद्धि हुँदा चाँदी भने सामान्य दबाबमा परेको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?