काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा ८ सय रुपैयाँले बढी हो । बुधबार सुन प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ४३ हजार ४८५ रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन १० ग्राम सुनको मूल्य २ लाख ४२ हजार ८ सय रुपैयाँ रहेको थियो ।
यता, चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको ४ हजार ३२० रुपैयाँको तुलनामा १० रुपैयाँले कम हो ।

































