काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य उल्लेखनीय रूपमा बढेको छ। सोमबार छापावाल सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँले वृद्धि भई २ लाख ९८ हजार २ सय रुपैयाँ पुगेको छ।
यसअघि आइतबार सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। एकैदिनमा भएको यो वृद्धि पछिल्लो समयकै उल्लेखनीय मानिएको छ।
यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला ४ हजार ८९५ रुपैयाँमा रहेको चाँदी सोमबार १२० रुपैयाँले बढेर ५ हजार १५ रुपैयाँ पुगेको छ।
अन्तर्राष्ट्रिय बजारको प्रभाव र विनिमय दरमा आएको परिवर्तनका कारण बहुमूल्य धातुको मूल्यमा उतारचढाव देखिँदै आएको छ।

































