काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । छापावाल सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार बढेर ३ लाख २ हजार २ सय रुपैयाँ पुगेको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले बढेको छ ।
शुक्रबार प्रतितोला ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार बढेर ४ हजार ६ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

































