काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो।
मूल्य घटेसँगै आज सुन प्रतितोला ३ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ६२ हजार ४ सय ३० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन १० ग्राम सुनको मूल्य २ लाख ६२ हजार ८ सय ६० रुपैयाँ थियो।
चाँदीको मूल्य पनि आज घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
यसअनुसार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो।

































