काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य पुनः तीन लाख रुपैयाँ नाघेको छ। मंगलबारको कारोबारमा मूल्य बढेसँगै सुनको भाउ उल्लेख्य रूपमा उकालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेर ३ लाख १ हजार ९ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन भने सुनको भाउ घट्दै २ लाख ९९ हजार ९ सय रुपैयाँमा झरेको थियो।
यसैगरी, आज १० ग्राम सुनको मूल्य २ लाख ५८ हजार ८३० रुपैयाँ निर्धारण गरिएको छ।
चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। सोमबार प्रतितोला ४ हजार ९०५ रुपैयाँ रहेको चाँदी मंगलबार २० रुपैयाँले बढेर ४ हजार ९२५ रुपैयाँ पुगेको छ।

































