काठमाडौं। शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला तीन सय रुपैयाले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन १ लाख १८ हजार ६०० र तेजावी सुन १ लाख १८ हजार ५० रुपैयाँ प्रतितोला कायम भएको छ।
अघिल्लो दिन प्रतितोला छापावाला सुन १ लाख १८ हजार ३०० र तेजावी सुन १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्यपनि १० रुपैयाँले घटेर १ हजार ४०० रुपैयाँमा कायम भएको छ ।
पछिल्लो तीन दिन निरन्तर रुपमा घटेको सामान्य मूल्यमा दैनिक बढेको सुनको मूल्य ब्रेक गर्दै आज प्रतितोला तीन सयले बढेको हो । त्यस्तै अन्तराष्ट्रिय बजारमा समेत सुनको मूल्य वृद्धि भएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य प्रतिऔंस ७.०२ डलरले बढेको हो । यो ०.३५ प्रतिशतको वृद्धिसँगै सुनको मूल्य अन्तराष्ट्रिय बजारमा प्रतिऔंस २०३३.८५ डलर कायम भएको छ ।


































