काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलवारका लागि सुनचाँदीको नयाँ मूल्य सूची सार्वजनिक गरेको छ।
महासंघका अनुसार आज मंगलवारका लागि सुनको मूल्यमा स्थिर रहेको छ । अर्थात् मूल्यमा कुनै पनि परिवर्तन भएको छैन। आज सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन सुनको मूल्य २ सय रुपैयाँले बढेर १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको थियो । आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८०५ रुपैयाँ कायम भएको छ ।
































