काठमाडौं । साताको चौथो कारोवारको दिन आजपनि सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि तोकेको मूल्य अनुसार छापावाला सुनको मूल्य एक हजार रुपैयाँले घटेको हो ।
मंगलबार १ लाख ६० हजार १ सय रुपैयाँमा कारोवार भएको छापावाला सुनको मुल्य आज प्रतितोला १ लाख ५९ हजार १०० रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै आज चाँदीको मूल्यमा पनि उच्च गिरावट देखिएको छ ।
मंगलबार प्रतितोला १ हजार ९४० रुपैयाँ रहेको सुनको मूल्य प्रतितोला ४० रुपैयाँले घटेर १ हजार ९०० रुपैयाँमा झरेको छ ।

































