National life

सुनको मूल्य एकै दिन ६५ सयले सस्तियो : तोलाको कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०९ चैत २०८२, सोमबार
1.3kShares
सुनको मूल्य एकै दिन ६५ सयले सस्तियो : तोलाको कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौं। नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार (आज) चैत ९ गते सुनको मूल्य प्रतितोला ६ हजार ५ सय रुपैयाँले घटेको हो। यस गिरावटसँगै आज सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँ कायम भएको छ।

यसअघि चैत ८ गते सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा किनबेच भएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
एकै दिनमा भएको यस्तो ठूलो गिरावटले लगानीकर्ता तथा उपभोक्तामा आगामी बजारको यात्राबारे अन्यौलता सृजना गरेको छ ।

त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला ११५ रुपैयाँले घट्दै ४ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात् चैत ८ गते चाँदी प्रतितोला ४ हजार ५४० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्नु, अमेरिकी डलरको मजबुती तथा लगानीकर्ताहरूको झुकाव अन्य क्षेत्रमा सर्ने प्रवृत्तिका कारण सुनचाँदी जस्ता बहुमूल्य धातुहरूको मूल्यमा दबाब परेको  जानकारहरूको भनाई छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?