काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ। अघिल्लो कारोबार दिनको तुलनामा आज सुन प्रतितोला ४ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ९० हजार ३ सय रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार भने यही परिमाणको सुन २ लाख ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ४८ हजार ८८५ रुपैयाँ निर्धारण गरिएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि कमी आएको छ। चाँदी प्रतितोला १० रुपैयाँले घट्दै आज ४ हजार ६०५ रुपैयाँमा कारोबार भइरहेको छ।

































