National life

सुन फेरि महँगियो, आज प्रतितोला कति बढ्यो?

अघिल्लो दिनको उकालोलाई निरन्तरता दिँदै आज सुन प्रतितोला ७ हजार २०० रुपैयाँले महँगिएको हो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|१९ असार २०८३, शुक्रबार
1.6kShares
सुन फेरि महँगियो, आज प्रतितोला कति बढ्यो?
ncell

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सुनको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ। अघिल्लो दिनको उकालोलाई निरन्तरता दिँदै आज सुन प्रतितोला ७ हजार २०० रुपैयाँले महँगिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ७ सय रुपैयाँ पुगेको छ। यसअघि पनि सुनको भाउ ६ हजार २०० रुपैयाँले बढेर २ लाख ८३ हजार ५ सय रुपैयाँ पुगेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आजको दरअनुसार १० ग्राम सुनको मूल्य २ लाख ४९ हजार २३० रुपैयाँ कायम भएको छ। सुनसँगै चाँदीको भाउमा पनि वृद्धि भएको छ। चाँदी प्रतितोला १६५ रुपैयाँले बढ्दै ४ हजार ६१५ रुपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्नुको प्रभाव स्थानीय बजारमा देखिएको हो। अमेरिकी रोजगारीसम्बन्धी कमजोर तथ्यांक सार्वजनिक भएपछि फेडरल रिजर्भले ब्याजदर वृद्धि नगर्ने सम्भावना बढेको छ। यसले लगानीकर्ताहरूलाई सुनतर्फ आकर्षित बनाएको छ।

हाल अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य २.६८ प्रतिशत अर्थात् १०८ डलरले बढेर प्रतिऔंस ४ हजार १७६ डलरसम्म पुगेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?