काठमाडौं । लगातार घटिरहेको सुनको मूल्यमा आज केही सुधार देखिएको छ। स्थानीय बजारमा शुक्रबार सुनको भाउ सामान्य रूपमा बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा ८ सय रुपैयाँले वृद्धि भई प्रतितोला २ लाख ७९ हजार १ सय रुपैयाँ पुगेको छ। त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ३९ हजार २८५ रुपैयाँ कायम भएको छ।
यसअघि भने सुनको मूल्यमा उल्लेख्य गिरावट आएको थियो। अघिल्लो दिन मात्रै प्रतितोला ५ हजार २ सय रुपैयाँले घट्दै २ लाख ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैबीच, चाँदीको मूल्यमा भने गिरावट देखिएको छ। चाँदी प्रतितोला ५५ रुपैयाँले घटेर ४ हजार १८० रुपैयाँमा झरेको महासंघले जनाएको छ।






























