National life

सुन–चाँदी दुबैको मूल्य वृद्धि, बजारमा दबाब बढ्यो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|०५ साउन २०८३, मङ्गलबार
1.5kShares
सुन–चाँदी दुबैको मूल्य वृद्धि, बजारमा दबाब बढ्यो
ncell

स्थानीय बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले वृद्धि भएको हो।

आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। उक्त दिनपनि सुनको भाउ ६ सय रुपैयाँले बढेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, आज १० ग्राम सुनको मूल्य आज २ लाख ४४ हजार ८५५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन १० ग्राम सुनको मूल्य २ लाख ४४ हजार रुपैयाँ रहेको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला ४ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ३२० रुपैयाँ रहेको थियो।

यसरी एक दिनको अवधिमा सुनको मूल्यमा प्रतितोला १ हजार रुपैयाँ र चाँदीको मूल्यमा प्रतितोला ५० रुपैयाँ वृद्धि भएको हो।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?