काठमाडौँ । अघिल्लो दिन घटेको सुनको मूल्य आज पुनः बढेको छ। स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो मूल्य अघिल्लो दिनको तुलनामा ८ सय रुपैयाँले बढी हो। यसअघि सुन प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ४३ हजार ४८५ रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनभन्दा केही माथि हो।
चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर ४ हजार ३५० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी ४ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो।































