National life
cg eloctronics

खोलानदीको मापदण्ड खारेजीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२४ पुस २०८२, बिहिबार
921Shares
खोलानदीको मापदण्ड खारेजीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन
ncell

काठमाडौं । काठमाडौं उपत्यकाका खोला किनारको मापदण्ड विरुद्ध आज पनि माइतीघरमा प्रदर्शन भएको छ। बिहीबार भूमि अधिकार संरक्षण समितिले माइतीघर मण्डलामा विरोध प्रर्दशन गरेको हो।

खोला मिच्न पाइँदैन, मापदण्डको नाममा जनता विस्थापित गर्न पाइँदैन भन्दै उनीहरुले माइतीघरमा विरोध प्रर्दशन गरेका हुन् । उनीहरुले खोलानदीको मापदण्ड खारेज गर्न समेत माग गरेका छन् । थप २० मिटर छाड्नुपर्ने भनी सर्वोच्च अदालतले गरेको फैसला र सोही फैसला विरुद्ध सरोकारवालाले पुनस् प्रदर्शन गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअघि नै सरोकारवालाहरूले उक्त निर्णय पुनरावलोकनको माग गर्दै पटक पटक प्रदर्शन गर्दै आएका थिए । हाल कायम २० मिटरको छाड्नुपर्ने मापदण्डमा थप २० मिटर पनि छाड्नुपर्ने भनेर सर्वोच्चले फैसला गरेको थियो । सरोकार समितिले यो फैसला गर्ने न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्मालाई महाभियोग लगाउन समेत माग गर्दै आएको थियो ।

उक्त फैसला कार्यान्वयन गर्न नसक्ने भन्दै सरकारका तर्फबाट तत्कालीन कानून सचिव फणीन्द्र गौतमले फैसला पुनरावलोकनको निवेदन दिएका थिए । उक्त रिटको सुनुवाइका लागि आज पेसी तोकिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
921SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?