National life
cg eloctronics

काभ्रेको ह्वाइट पार्क रिसोर्टमा प्रहरी छापा, ३६ चिनियाँ नागरिक नियन्त्रणमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१० दिन अगाडि|०१ मंसिर २०८३, मङ्गलबार
3KShares
काभ्रेको ह्वाइट पार्क रिसोर्टमा प्रहरी छापा, ३६ चिनियाँ नागरिक नियन्त्रणमा
muktinatha bikash bank

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ स्थित ह्वाइट पार्क रिसोर्टमा प्रहरीले छापा मारेर ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरूका साथबाट केही थान ल्यापटप र मोबाइलसमेत बरामद गरेको छ।

चिनियाँ नागरिकहरूको शंकास्पद गतिविधि भइरहेको भन्ने गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको संयुक्त टोलीले रिसोर्टमा छापा मारेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार नियन्त्रणमा लिइएकामध्ये ३१ जना पुरुष र ५ जना महिला रहेका छन्।

छापा मार्ने क्रममा रिसोर्टका दुईवटा कोठा शंकास्पद देखिएपछि थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट अनुसन्धान टोलीसमेत बोलाइएको डीएसपी विष्टले जानकारी दिए।

उनका अनुसार घटनास्थलमा थप अनुसन्धान भइरहेको छ। जिल्ला प्रशासन कार्यालयको टोलीको नेतृत्व अधिकृत सुनिता थापाले गरेकी थिइन् भने प्रहरी टोलीको नेतृत्व डीएसपी रविन विष्टले गरेका थिए।

everest bank

प्रहरीले घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

यसैबीच, पाँचखालमा मात्रै नभई धुलिखेलको देवीथानस्थित गन्तव्य रिसोर्ट, पनौतीको थुम्की रिसोर्ट र बल्थली माउन्टेन रिसोर्टलगायतका स्थानमा पनि चिनियाँ नागरिकहरू मासिक रूपमा ठूलो रकम भाडा तिरेर बस्दै आएको पाइएको छ।

यो समाचार शेयर गर्नुहोस्
3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?