National life
cg eloctronics

प्रधानमन्त्री शाहको तिहारपछिको रिपोर्ट कार्ड : १७ मुख्य उपलब्धि सार्वजनिक

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१० घण्टा अगाडि|११ मंसिर २०८३, शुक्रबार
1KShares
प्रधानमन्त्री शाहको तिहारपछिको रिपोर्ट कार्ड : १७ मुख्य उपलब्धि सार्वजनिक
muktinatha bikash bank

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तिहार र छठ पर्वयता सम्पादन गरेका प्रमुख कार्यहरूको विवरण सार्वजनिक गरेको छ । सार्वजनिक कार्यसम्पादन विवरणमा कूटनीतिक भेटवार्ता, ठूला पूर्वाधारको ठेक्का आह्वान, प्रविधिमैत्री नीतिगत सुधार र सार्वजनिक खरिद प्रक्रियाको आधुनिकीकरणलाई मुख्य उपलब्धिका रूपमा समेटिएको छ ।

भारत भ्रमण र तल्लो अरुणको ठेक्का आह्वान यस अवधिमा प्रधानमन्त्री शाहले मंसिर ६ र ७ गते मित्रराष्ट्र भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गर्नुभएको छ । भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता तथा द्विपक्षीय सहकार्यका विषयमा महत्त्वपूर्ण छलफल भएको कार्यालयले जनाएको छ । सोही भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीबाट संयुक्त रूपमा शिलान्यास गरिएको तल्लो अरुण जलविद्युत् परियोजनाको पहिलो प्याकेजका लागि ११ अर्ब ४९ करोड २१ लाख भारतीय रुपैयाँको ठेक्का आह्वान गरिएको छ । लगानी सम्मेलन २०१९ मा सोकेस गरिएको यो आयोजना 'बीओओटी' (BOOT) मोडलमा निर्माण गर्न विकासकर्ता छनोट भइसकेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

विदेशी आईटी कम्पनीलाई द्रुतमार्गबाट स्वीकृति नेपाललाई सूचना प्रविधि (आईटी) आउटसोर्सिङ र सफ्टवेयर विकासको आकर्षक गन्तव्य बनाउन सरकारले विशेष लगानी सहजीकरण नीतिको तयारी अघि बढाएको छ । जसअनुसार विदेशी प्रविधि कम्पनीहरूलाई द्रुतमार्ग (फास्ट ट्र्याक) बाट स्वीकृति दिइनेछ । यस्तै, राष्ट्रिय दूरसञ्चार नीति, २०८३ को मस्यौदामाथि विज्ञहरूको सुझावसहित परिमार्जनको काम भइरहेको छ भने राष्ट्रिय साइबर सुरक्षा केन्द्रले संवेदनशील सूचना पूर्वाधारको संरक्षणसम्बन्धी कार्यशाला सम्पन्न गरेको छ । लामो समयदेखि अवरुद्ध सिंहदरबार प्रवेशद्वारको गेटपास प्रणालीसमेत प्राविधिक सुधार गरी पुनः सञ्चालनमा ल्याइएको छ ।

everest bank

जेनजी परिषद् गठन र दैवी प्रकोप कोष जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको पुनर्स्थापना, जीवनयापन र सामाजिक संरक्षणसम्बन्धी एकीकृत प्याकेज कार्यान्वयनको प्रगति समीक्षा गर्दै बाँकी काम शीघ्र सक्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ । साथै, 'नेपाल जेनजी परिषद् गठन तथा सञ्चालनसम्बन्धी आदेश' को मस्यौदा तयार गरी रायका लागि मन्त्रालयहरूमा पठाइएको छ । यता, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब ६२ करोड ८९ लाख ११ हजार ७४२ रुपैयाँ जम्मा भएकोमा एक अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा निकासा गरिएको विवरणमा उल्लेख छ ।

सार्वजनिक खरिद, सुशासन र नेपाल ट्रष्टको जग्गा संरक्षण सरकारले नयाँ विद्युतीय सरकारी खरिद प्रणाली (ई–जीपी) सञ्चालनमा ल्याएको छ, जसमा कार्तिक महिनामा मात्रै १ हजार ४५२ बोलपत्रदाता र ४९५ सार्वजनिक निकाय दर्ता भएका छन् । सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३ स्वीकृत भई जारी भएको छ ।

यसैगरी, संघ, प्रदेश र स्थानीय तहको बजेटमा दोहोरोपना हटाउन पछिल्ला तीन आर्थिक वर्षको तुलनात्मक अध्ययनको ढाँचा तयार पारिएको छ । बेरुजु तथा अनियमितता अनुगमनका लागि चितवन, मकवानपुर र सिन्धुलीमा प्राविधिक टोली खटाइएको छ भने नेपाल ट्रष्टको स्वामित्वमा रहेको धादिङको छत्रे देउरालीस्थित करिब १५ हजार रोपनी जग्गाको संरक्षण र व्यावसायिक सदुपयोगका लागि अनुगमन तथा लिज नियमावली मस्यौदा समिति गठन गरिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?