National life
cg eloctronics

खरानी बनाउन खोजेका थिए, स्टिल भएर आएँ: टोपबहादुर रायमाझी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१० घण्टा अगाडि|११ मंसिर २०८३, शुक्रबार
897Shares
खरानी बनाउन खोजेका थिए, स्टिल भएर आएँ: टोपबहादुर रायमाझी
muktinatha bikash bank

काठमाडाैं । नेकपा एमालेका नेता टोपबहादुर रायमाझी कारागारबाट रिहा भएपछि गृह जिल्ला अर्घाखाँची पुगेका छन्। पूर्वउपप्रधानमन्त्री समेत रहेका रहेका रायमाझी आज गृहजिल्ला पुगेका हुन्।

उनी गृहजिल्ला पुग्दा पार्टीका नेता कार्यकर्ताले स्वागत गरेका थिए। उनले आफूलाई जिल्लावासीले न्याय गर्ने विश्वास व्यक्त गर्दै जिल्लामा रोकिएका विकास निर्माणका कामलाई अब अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।

3 ad - 1
3 ad - 2
3 ad - 3

उनले भने, ‘मलाई त अध्ययन गर्न पो पठाएजस्तो भइदियो। मलाई वास्तवमा भन्ने हो भने भट्टीमा हालिएकै हो, खरानी बनाउन खोजेकै हो, तर भट्टीबाट खारिएर स्टिल भएर आएजस्तो मलाई महसुस भएको छ। मलाई त आत्मविश्वास र शक्ति प्रदान भएको छ।’

everest bank

उनले देश कसरी बनाउन सकिन्छ भन्ने शक्ति पनि आफूलाई अहिले प्राप्त भएको बताए।

उनले थपे, ‘मलाई हिजो त्यति आँट आउँथेन, अहिले आँट मलाई त्यति आएको छ। अब के गर्न पर्छ, कसरी गर्न पर्छ, यो देशलाई कसरी बनाउन पर्छ, विकास कसरी गर्नुपर्छ, देशलाई कसरी लानुपर्छ भन्ने झन् शक्ति पो बढेर आएको छ। यो मैले सिकेर आएँ।’

उनले आफू भित्र बसेको समयलाई खेर नफालेको बताए। उनले पुराना पार्टीहरूले नयाँ ढङ्गले सोच्नुपर्ने बताए।

उनले भने, ‘हामी पुराना पार्टीहरू विचारले नयाँ हुनुपर्छ। विधि, योजना, कार्यक्रम र सोच्ने चिन्तनले हामी नयाँ नभईकन हामीले अब गर्न सक्दैनौँ। पुरानो तरिकाले गर्न सकिने स्थिति छैन। किनभने हाम्रो बच्चाहरू हामीले भनेको मान्दैनन्। अलिकति पढ्यो कि विदेशतिर लागिहाल्छन्।’

आफू जिल्लाको विकासमा सक्रिय हुने भन्दै बाचुन्जेल देश र जनताको सेवामा लाग्ने बाचा गरे। viral headlines

यो समाचार शेयर गर्नुहोस्
897SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?