National life
cg eloctronics

बालेन–मोदीले रिमोट थिचे, नेपालले पायो पेट्रोलियम पाइपलाइन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
४ दिन अगाडि|०७ मंसिर २०८३, सोमबार
965Shares
बालेन–मोदीले रिमोट थिचे, नेपालले पायो पेट्रोलियम पाइपलाइन
muktinatha bikash bank

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको दुई दिने भारत भ्रमण क्रममा भारतले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको दोस्रो चरण नेपाललाई हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री शाह र समकक्षी नरेन्द्र मोदीले रिमोट थिचेर भर्चुअल रूपमा संयुक्त उद्घाटन गरेपछि भारतले नेपाललाई उक्त परियोजना हस्तान्तरण गरेको हो ।

त्यसैगरी सिलिगुडी–झापा पेट्रोलियम अलस्टोरेज ग्रिनफिल्ड टर्मिनल पनि शिलान्यास भएको छ । करिब १२ अर्ब ४४ करोड ७३ लाख रुपैयाँ (२ अर्ब ७८ करोड भारु पाइपलाइन र ५ अर्ब भारु टर्मिनल) प्रारम्भिक लागत अनुमानित यो आयोजना पाँच वर्षभित्र सक्ने लक्ष्य छ, जसले ढुवानी खर्च ४० देखि ५० प्रतिशतसम्म घटाउने ईआईए प्रतिवेदनले देखाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आईओसी) को साझेदारीमा अघि बढाइएका यी दुईवटै पूर्वाधार सम्पन्न भएपछि मुलुकको इन्धन ढुवानी लागत घट्नुका साथै ऊर्जा सुरक्षा र आपूर्ति प्रणालीमा आमूल सुधार आउने अपेक्षा छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
965SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?