National life
cg eloctronics

जलविद्युत्, पर्यटन, आईटी र लगानीमा भारतसँग ठोस सहमति गर्न राजेन्द्र मल्लको जोड

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
६ दिन अगाडि|०५ मंसिर २०८३, शनिबार
1.3kShares
जलविद्युत्, पर्यटन, आईटी र लगानीमा भारतसँग ठोस सहमति गर्न राजेन्द्र मल्लको जोड
muktinatha bikash bank

काठमाडौं । प्रधानमन्त्रीको भारत भ्रमणलाई नेपालको आर्थिक कूटनीति सुदृढ गर्ने ऐतिहासिक अवसरका रूपमा उपयोग गर्नुपर्ने नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले सुझाव दिएका छन्।

मल्लले भारतसँगको करिब ९ खर्ब ५२ अर्ब रुपैयाँको व्यापार घाटा न्यूनीकरण, जलविद्युत् निर्यात, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि थप हवाई प्रवेश मार्ग तथा भारतीय पर्यटक आकर्षित गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

उनले उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गर्न ठोस सहमति आवश्यक रहेको उल्लेख गर्दै हवाई कनेक्टिभिटीसँगै गुणस्तरीय रेलमार्ग विस्तारलाई पनि उच्च प्राथमिकता दिनुपर्ने धारणा राखेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

नेपालमा प्रशस्त जलविद्युत् सम्भावना र चिसो हावापानी भएका स्थानको उपयोग गरी डेटा सेन्टर निर्माण, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा सूचना प्रविधि (आईटी) सेवा विकास र अन्तर्राष्ट्रिय बजारमा आईटी सेवा निर्यातलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव छ।

मल्लका अनुसार कूटनीति अब औपचारिकतामा मात्र सीमित नभई व्यापार, लगानी, प्रविधि, रोजगारी र राष्ट्रिय समृद्धिमा ठोस परिणाम दिने खालको हुनुपर्छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?