National life
cg eloctronics

निजी स्वास्थ्य र शिक्षामा कर लगाउँदा भार नागरिकमाथि पर्छ : निवर्तमान अध्यक्ष मल्ल

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०५ साउन २०८३, मङ्गलबार
1.5kShares
निजी स्वास्थ्य र शिक्षामा कर लगाउँदा भार नागरिकमाथि पर्छ : निवर्तमान अध्यक्ष मल्ल
muktinatha bikash bank



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले निजी स्वास्थ्य तथा शिक्षा सेवामा ३ प्रतिशत कर लगाउने सरकारी प्रस्तावले अन्ततः त्यसको भार आम नागरिकमाथि पर्ने बताएका छन्।

मल्लले स्वास्थ्य र शिक्षा नागरिकका आधारभूत आवश्यकता भएकाले यस्ता क्षेत्रमा कर लगाउँदा त्यसको प्रत्यक्ष असर सेवा लिने सर्वसाधारणमा पर्ने धारणा व्यक्त गरे।

उनले अधिकांश नागरिक निजी विद्यालय र अस्पतालमा रहरले नभई सरकारी सेवाको गुणस्तर, क्षमता र पहुँच पर्याप्त नभएकाले बाध्यतावश जानुपरेको उल्लेख गर्दै यस्तो अवस्थामा थप कर लगाउनु उपयुक्त नहुने बताए।
3 ad - 1
3 ad - 2
3 ad - 3

"यदि सरकारले यस्तो कर लागू गर्ने हो भने, त्यसअघि सबै नागरिकलाई गुणस्तरीय, पर्याप्त र सहज सरकारी स्वास्थ्य तथा शिक्षा सेवा उपलब्ध गराउन सक्नुपर्छ," मल्लले भने।

उनले राजस्व वृद्धि सरकारका लागि आवश्यक भए पनि स्वास्थ्य र शिक्षाजस्ता आधारभूत सेवामा कर लगाउनु भन्दा नागरिकको सहज पहुँच सुनिश्चित गर्नु पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिए ।

मल्लले सरकारले कर नीतिबारे पुनर्विचार गर्दै नागरिकको हितलाई केन्द्रमा राखेर निर्णय गर्नुपर्ने आवश्यकता औँल्याए।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?