National life

बडादशैंको सामाजिक तथा सांस्कृतिक महत्व

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ असोज २०८०, आइतबार
596Shares
बडादशैंको सामाजिक तथा सांस्कृतिक महत्व
ncell

हिन्दु नेपालीहरुको महान् चाड हो बडादशैं । दशैं नेपालको वार्षिक क्यालेन्डरमा सबभन्दा लामो र सबैभन्दा धेरै शुभ पर्व हो, जुन देशभरिका सबै जाति र हिन्दु धर्मका नेपालीहरूले मनाउँछन् । बडा दशैं आश्विन शुक्ल पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म पनि मानिने विशेष पर्व वा उत्सव हो।

दशैंलाई बडा दशैंका अलावा, दशहरा, विजया दशमी, आयुध–पूजा आदि नामले पनि जानिन्छ ।त्रेता युगमा यहि दिनमा श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको सम्झनामा यस चाडलाई विशेष गरी मनाइन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
श्रीरामले दशैंको दिनमा रावणमाथि विजय हाँसिल गरेको भएर दशैलाई बडादशैं एवम् विजयदशमीको नामले पूकारिन्छ । दशैंलाई असत्य माथि सत्यको विजयको रुपमा हेरिन्छ ।

नौ दिनसम्म पूजा अर्चना गरेको जमरा अनि दहि, रातो अबिर, केरा र चामलसहितको समिश्रणबाट तयार पारिएको रातो बाक्लो अक्षताले निधार भरिने टिका तयार गरी बिजया दशमीको दिन लगाइने चलन छ ।

परिवार एकै ठाउँमा बसेर, घरको मूल खाँबो पूजा गरेर उमेर क्रमानुसार ठूला अनि क्रमशः सानाहरुले टीका, जमरा र आर्शिवाद थाप्ने चलन छ । उमेर पुगेका पाका हरु साईतको टिका लगाउन आफूभन्दा ठूला मान्यजनकोमा जाने र नभएमा आफ्नै जीवनसाथी, या दाजूभाईकोमा जाने गर्दछन् । घरतर्फ टिका लगाउँदा शुभ–आशिर्वाद सहित दक्षिणा दिनुपर्ने र मामाघरमा लगाउँदा दक्षिणा दिइने गरिन्छ ।

टिका, जमरा अनि रमाइलोको माहोल दैत्यहरुमाथी देवताहरुको विजय, असत्यमाथी सत्यको विजय अनि अमानविय तत्त्वमाथि मानवताको विजयका रुपमा लिइन्छ । आश्विन शुक्ल प्रतिपदा ९घटस्थापना० मा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ ।

हिन्दुहरुको महान् चाड दशैंको नवरात्रमा प्रतिपदादेखि नवमीसम्म नौ वटी देवीहरु शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुशमन्दा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धि दात्रीको पूजा–आराधना गरिन्छ । यी देवीहरूलाई नवदुर्गाको नामले पुकारिन्छ । नौ दिनसम्म नवदुर्गा भवानी नौ वटा विभिन्न स्वरूपमा उपासकहरूलाई दर्शन दिनुहुन्छ भन्ने कथन छ ।

त्यसैले भक्तजनहरू आफ्नो मनको इच्छा पूरा हुने उत्कट अभिलाषाले यस नवरात्रमा नवदुर्गा अर्थात् माता भगवतीको नौ रूपको पूजा आरधना गर्ने गर्छन । विजयादशमीको दिन भगवतीले दानवी शक्तिमाथी र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्यमा र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन छ । बडादशैंले सामाजिक तथा सांस्कृतिक महत्व बोकेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
596SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?