काठमाडौँ। बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिने क्रम नरोकिएपछि नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ खिच्ने भएको छ। तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज मंसिर १६ गते निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बोलकबोल मार्फत उक्त रकम खिच्न लागेको हो ।
https://aarthikvoice.com/archives/50250
आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँको गुणांकमा कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यस क्रममा बहु ब्याजदरमा पनि बोलकबोल गर्न मिल्ने व्यवस्था कायम भएको छ ।
यो निक्षेप संकलन उपकरणमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्। संकलित रकम २१ दिनको अवधि पछि पुस ७ गते साँवा र ब्याजसहित भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

































