National life

अधिक तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ खिच्दै राष्टबैंक, ३ बजे बोलकबोल हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० चैत २०८१, बुधबार
573Shares
अधिक तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ खिच्दै राष्टबैंक, ३ बजे बोलकबोल हुने
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि बैंकिङ्ग प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै उक्त पैसा खिच्न लागेको हो।

यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने राष्ट्रबैंकले जनाएको छ ।

Royal Enfield
nic asia capital

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। यो २१ दिने निक्षेप संकलन उपकरणको २०८२ वैशाख १० गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

चैत लागेपछि यो छैटौँ पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै राष्ट्र बैंकले बजारमा पैसा तान्न लागेको हो।

यो समाचार शेयर गर्नुहोस्
573SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?