National life
cg eloctronics

आज फेरि अधिक तरलता व्यवस्थापन गर्न २५ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ जेठ २०८२, आइतबार
781Shares
आज फेरि अधिक तरलता व्यवस्थापन गर्न २५ अर्ब रुपैयाँ  खिच्दै राष्ट्र बैंक
muktinatha bikash bank

काठमाडौँ। नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्नका लागि आज बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ खिच्ने भएको छ।

राष्ट्र बैंकले ४२ दिनका लागि आज दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ। बोल गर्न सकिने रकम कम्तीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

सावाँ तथा ब्याज भुक्तानी आगामी साउन ४ गते तोकिएको छ। यसको ब्याज दरसमेत बोलकबोलको माध्यमबाट हुनेछ। राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याज दरमा गर्नुपर्ने छ। बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ।

everest bank

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन्।

यो समाचार शेयर गर्नुहोस्
781SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?