काठमाडौँ । अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज (आइतबार) का दिन ३० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ।
निक्षेप खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्थाले आइतबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले पटक पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।
केन्द्रीय बैंकले २१ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी मिति जेठ ११ गते निर्धारण भएको छ । निक्षेप संकलन उपकरणको ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुनेछ ।
बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जाने गरी निष्कासित रकम बराबरको माग गर्न सक्ने केन्द्रीय बैंकले जनाएको छ ।






























