National life
cg eloctronics

बैंक वित्तीय संस्थामा अधिक तरलता कायमै: आज फेरि ९० अर्ब खिच्दै केन्द्रीय बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ असार २०८२, बुधबार
863Shares
बैंक वित्तीय संस्थामा अधिक तरलता कायमै: आज फेरि ९० अर्ब खिच्दै केन्द्रीय बैंक
muktinatha bikash bank

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि आज बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ झिक्न लागेको छ। राष्ट्र बैंकले पछिल्लो समय नियमित रूपमा आइतबार र बुधवार बजारबाट पैसा झिक्दै आएको छ ।

केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालीन उपकरण निक्षेप संकलनमार्फत ३५ दिनका लागि ९० अर्ब रुपैयाँ रकम झिक्न लागेको हो। राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । यसको साँवा तथा ब्याज भुक्तानी साउन ७ गते हुनेछ ।

निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन् ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
863SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?