काठमाडौँ। नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्नका लागि आज बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ खिच्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालीन उपकरण निक्षेप संकलनमार्फत ४२ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।
राष्ट्र बैंकले आइतबार र बुधवार निरन्तर रुपमा पैसा झिक्दै आएको छ। सोही अनुसार आज बजारबाट पैसा झिक्न लागेको हो ।
राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्ने जनाएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । यसको साँवा तथा ब्याज भुक्तानी साउन १८ गते हुनेछ ।
































