National life

अधिक तरलता व्यवस्थापन गर्न आज पुनः ३० अर्ब रुपैयाँ खिच्दै राष्ट्रबैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ चैत २०८१, बुधबार
538Shares
अधिक तरलता व्यवस्थापन गर्न आज पुनः ३० अर्ब रुपैयाँ खिच्दै राष्ट्रबैंक
ncell

काठमाण्डौ। बैंकिङ प्रणालीमा अधिक तरलता थपिनेक्रम नरोकिएपछि नेपाल राष्ट्र बैंकले आज पुनः ३० अर्ब रुपैयाँ खिच्ने भएको छ ।

केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलन मार्फत उक्त रकम झिक्न लागेको हो। अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन्।

Royal Enfield
nic asia capital

राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो। जसको साँवा तथा ब्याज भुक्तानी वैशाख ३ गते हुनेछ। निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
538SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?