National life

ह्वाट्सएपको ठूलो अपडेट, अब नम्बर लुकाएरै कुरा गर्न मिल्ने

ब्लक र रिपोर्ट गर्ने विकल्प भने यथावत रहने कम्पनीले जनाएको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|१६ असार २०८३, मङ्गलबार
1.2kShares
ह्वाट्सएपको ठूलो अपडेट, अब नम्बर लुकाएरै कुरा गर्न मिल्ने
ncell

एजेन्सी । अब ह्वाट्सएपमा कसैसँग कुरा गर्न फोन नम्बर साट्नुपर्ने बाध्यता हट्ने भएको छ, किनकि कम्पनीले युजरनेममार्फत च्याट गर्न मिल्ने नयाँ फिचर सार्वजनिक गर्ने तयारी गरेको छ।

कम्पनीका अनुसार आगामी केही महिनाभित्र यो सुविधा क्रमशः विश्वभरका अर्बौं प्रयोगकर्तामाझ उपलब्ध गराइनेछ। प्रयोगकर्ताले एपभित्र गएर आफूले चाहेको युजरनेम चयन तथा सुरक्षित राख्न सक्नेछन्। आवश्यक परे पछि उक्त युजरनेम परिवर्तन वा हटाउन पनि मिल्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नयाँ व्यवस्था लागू भएपछि अपरिचित वा नयाँ व्यक्तिसँग कुराकानी सुरु गर्न फोन नम्बर साटासाट गर्नुपर्ने बाध्यता हट्नेछ। युजरनेमकै आधारमा सजिलै सम्पर्क स्थापित गर्न सकिनेछ। साथै, ब्लक र रिपोर्ट गर्ने विकल्प भने यथावत रहने कम्पनीले जनाएको छ।

युजरनेमको अधिकतम लम्बाइ ३५ क्यारेक्टरसम्म हुनेछ। चर्चित व्यक्ति वा उच्च पदस्थ व्यक्तिहरूका नाम सुरक्षित राखिने भएकाले नक्कली अकाउन्ट बन्ने जोखिम घट्ने अपेक्षा गरिएको छ।

तर, नयाँ अकाउन्ट दर्ताका लागि भने पहिलेझैँ मोबाइल नम्बर आवश्यक रहनेछ। साथै, युजरनेम खोज्ने कुनै सार्वजनिक सूची उपलब्ध नहुने पनि स्पष्ट पारिएको छ।

कम्पनीका अधिकारीहरूका अनुसार विशेषगरी ग्रुप च्याटमा आफ्नो नम्बर साझा गर्न नचाहने प्रयोगकर्ताहरूको मागलाई ध्यानमा राखेर यो सुविधा ल्याइएको हो, जसले व्यक्तिगत पहिचानमाथि प्रयोगकर्ताको नियन्त्रण बढाउनेछ।

यद्यपि, गोपनीयता विज्ञहरूले भने प्लेटफर्ममाथि प्रश्न उठाउँदै आएका छन्। उनीहरूका अनुसार प्रयोगकर्ताको डाटा संकलन र प्रयोगसम्बन्धी नीतिमा अझै सुधार आवश्यक छ।

यसैबीच, लामो समयदेखि कम्पनीको नेतृत्व सम्हाल्दै आएका प्रमुखले पद छोडेका छन् र नयाँ नेतृत्व आउने प्रक्रिया अघि बढेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?