National life

ह्वाट्सएपले ल्यायाे नयाँ फिचर, ह्वाट्सएप च्यानलका म्यासेज अब एडिट गर्न सकिने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१३ कात्तिक २०८०, सोमबार
684Shares

काठमाडाैं । ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताका लागि नयाँ–नयाँ फिचर ल्याइरहेको छ। यही सिलसिलामा ह्वाट्सएपले नयाँ फिचर ल्याएको छ।

यो नयाँ फिचर ह्वाट्सएप च्यानलका लागि हो। अहिलेसम्म ह्वाट्सएप च्यानल फिचरको म्यासेजलाई सीमित समयका लागि एडिट गर्न सकिँदैन।

ncell
3 ad - 1
3 ad - 2
3 ad - 3
तर, ह्वाट्सएपले ल्याएको नयाँ एडिट फिचरमा कुनै गल्ती भएमा म्यासेज सच्याउन सकिनेछ।

ह्वाट्सएप च्यानलको म्यासेज एडिट फिचरले प्रयोगकर्तालाई ३० दिनसम्म कुनै पनि म्यासेज एडिट गर्ने सुविधा दिनेछ। यो सत्य हो कि यदि प्रयोगकर्ताले नर्मल म्यासेजमा कुनै गल्ती भयो भने त्यसलाई सच्याउन १५ मिनेट लाग्छ। तर, अब ३० दिनभित्र जुनसुकै बेला ह्वाट्सएप च्यानलको म्यासेज एडिट गर्न सकिनेछ।

यस्तो छ तरिका

ह्वाट्सएप च्यानलको म्यासेज सम्पादन गर्न प्रयोगकर्ताले ह्वाट्सएप च्यानल म्यासेजमा जानुपर्छ।

यसपछि एडिट गर्न चाहेको म्यासेजलाई लामो समयसम्म थिच्नुपर्छ। अनि माथिल्लो दायाँ कुनामा देखिने आइकनमा ट्याप गर्नुपर्नेछ।

म्यासेज एडिट गर्न किबोर्ड खुल्नेछ। एडिट गरेपछि म्यासेजको हरियो टिकमा ट्याप गर्नुपर्नेछ।

ह्वाट्सएप च्यानलका म्यासेजहरु एडिट गर्न सकिन्छ तर फोटो, भिडियो र मिडिया फाइल भने एडिट गर्न सकिने छैन। – एजेन्सी

Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
684SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?