National life

उत्पादनमुलक उद्योगहरुको मागमा थप १३.५३ प्रतिशतको संकुचन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ साउन २०८१, आइतबार
676Shares
उत्पादनमुलक उद्योगहरुको मागमा थप १३.५३ प्रतिशतको संकुचन
ncell

काठमान्डौं । आर्थिक वर्ष २०८०र८१ को तेस्रो त्रैमासमा उत्पादनमुलक उद्योगहरुको मागमा थप १३.५३ प्रतिशतले संकुचन आएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई)ले हरेक त्रैमासमा गर्दै आएको इन्डष्ट्रि स्टाटस रिपोर्ट (आईएसआर) को पछिल्लो सर्वेक्षणले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उत्पादनमुलक उद्योगहरुको मागमा कमी आएको देखाएको हो ।

गत वर्ष अघिल्ले वर्षको सोही अवधिको तुलनामा उत्पादनमुलक क्षेत्रको मागमा ३.०४ प्रतिशतले गिरावट आएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस अवधिमा उत्पादन तथा सेवामुलक उद्योगहरुको संयुक्त रुपमा हेर्दा भने २.६४ प्रतिशतले मागमा कमी आएको देखिएको छ ।

यस अवधिमा उद्योगहरुको आयमा समेत ह्रास आएको पाईएको छ। सर्वेक्षणमा सहभागी उद्योगीहरुले अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३.८७ प्रतिशतले आय घटेको जनाएका छन् । यो भन्दा अघिल्लो त्रैमासमा पनि १.८७ प्रतिशतले आयमा ह्रास आएका जनाएका थिए । माग र राजश्वमा आएको गिरावटका कारण सर्वेक्षणमा सहभागी कूल उद्योगहरुमध्ये ६५.५७ प्रतिशतले आगामी त्रैमासका लागि नयाँ लगानी नरहेको समेत जनाएका छन् ।

उद्योगीहरुले अझै पनि उत्पादनका लागि जेनेरेटरको प्रयोग गर्ने गरेको पाइएको छ । यस सर्वेक्षणमा सहभागी ५४.३९ प्रतिशत उद्योगहरुले अझै पनि जेनेरेटरको प्रयोग गर्दै आएको जनाएका छन् । यसले उत्पादन लागतमा १२.८९५ ले वृद्धि भएको पनि जनाइको छ ।

सर्वेक्षणका सहभागी उद्योगहरुले आफ्नो कुल चालु पुँजी कर्जा ४२।७४ प्रतिशत ऋणबाट प्राप्त गर्ने गरेको जनाएका छन् । यो अघिल्लो त्रैमासको तुलनामा २। ७१ प्रतिशतले बढी हो । यस किसिमको कर्जाको औसत ब्याज दर ११।२८ रहेको जनाइएको छ ।

सर्वेक्षणको विस्तृत प्रतिवदेन https://cni.org.np/publications मा हेर्न सकिन्छ ।

यो समाचार शेयर गर्नुहोस्
676SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?