National life

एनएमबि बैंकको कन्सोर्टियम लिडमा बज्र मादी जलविद्युत आयोजनामा ऋण लगानी हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ वैशाख २०८२, शुक्रबार
1.3kShares
एनएमबि बैंकको कन्सोर्टियम लिडमा बज्र मादी जलविद्युत आयोजनामा ऋण लगानी हुने
ncell

काठमाण्डौ । एनएमबि बैंक लिमीटेड, कृषि विकास बैंक लिमीटेड, तथा बज्र इनर्जी भेञ्चर्स प्रा।लि।बीच २४.८ मेगावाट क्षमताको कास्की जिल्ला, मादी गाउँपालिकामा अवस्थित बज्र मादी जलविद्युत आयोजनामा ऋणलगानी गर्न वित्तीय व्यवस्थापन भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस आयोजनामा एनएमबि बैंकको अगुवाई रहनेछ । २४.८ मेगावाट क्षमता रहेको बज्र मादी जलविद्युत आयोजनाको करिब लागत रु.५ अर्ब ३५ करोड रहने जानकारी गराईएको छ भने बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानी रु. ३ अर्ब ७४ करोड ५० लाख रहनेछ । एनएमबि बैंकले हालसम्म ५० वटा भन्दा बढी जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।

त्यसैगरी, सोही समूहबाट लगानी गरेको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमीटेडबाट कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका तथा पोखरा महानगरपालिकामा प्रबद्र्वित २५ मेगावाट क्षमता रहेको सेतीनदी जलविद्युत आयोजना वि।सं। २०८१ साल कार्तिक २७ गते मध्यान्ह १२ बजेदेखि व्यापारिक उत्पादन सुरु भएको जानकारी गराइयो । उक्त आयोजना एनएमबि बैंकको अगुवाईमा कर्मचारी सञ्चयकोष तथा कृषि विकास बैंकले ऋण लगानी गरेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?