National life

औद्योगिक प्रदर्शनी गर्दै महासंघ, लघु तथा घरेलुदेखि ठूलासम्म गरी १ सय स्टल रहने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ फागुन २०८१, आइतबार
1.4kShares
औद्योगिक प्रदर्शनी गर्दै महासंघ, लघु तथा घरेलुदेखि ठूलासम्म गरी १ सय स्टल रहने
ncell

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले औद्योगिक प्रदर्शनी गर्ने भएको छ । महासंघले आफ्नो वार्षिकोत्सव तथा साधारणसभाको अवसर पारेर उक्त प्रदर्शनी गर्न लागेको हो ।

देशभित्र रहेका लघु तथा घरेलु, साना मझौलादेखि ठूला उद्योगबाट उत्पादित वस्तुहरुको बजारीकरण गर्नका लागि औद्योगिक प्रदर्शनी गर्न लागिएको महासंघका संयोजक भागीरथ सापकोटाले जानकारी दिए ।

‘लामो समयको आर्थिक मन्दीको कारण अहिले उद्योगी व्यवसायीको मनोबल खस्किदो अवस्थामा छ,’ उनले भने, ‘औद्योगिक वातावरण निर्माण गर्दै देशभित्र आर्थिक गतिविधी चलायमान बनाउनका लागि औधोगिक प्रदर्शनी गर्न लागिएको हो ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

महासंघले आफ्नै साधारणसभाको अवसर पारेर २ दिनसम्म उक्त प्रदर्शनी गर्न लागिएको समेत उनले जानकारी दिए । ‘हामीले चैत ८ र ९ गते बबरमहल स्थित कार्की बैंकेटमा महासंघको वार्षिक साधारणसभा गर्दै छौं,’ उनले भने, ‘सोही अवसरमा हामीले देशभरका उद्योगी व्यवसायी उपस्थित गराई उहाँहरुले उत्पादन गरेको वस्तुहरुलाई प्रदर्शनीमा राख्ने छौं ।’ साथै उक्त स्थललाई वस्तु उत्पादक र खरिदकर्ताको जमघट स्थल बनाइने समेत उनले जानकारी दिए ।

प्रदर्शनीमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका साना मझौला किसानदेखि ठूला उद्योगी व्यवसायीले उत्पादन गरेका वस्तुहरु रहने मेला उपसमितिका संयोजक गोपाल खनालले जानकारी दिए । ‘हामीले मेलामा साना, लुघु तथा घरेलुदेखि मझौला र ठूला गरी १ सयभन्दा बढी स्टलहरु राख्दैछौं,’ उनले भने, ‘जहाँ कर्णालीमा पाइने जिम्बु, यार्चा, सिलाजितदेखि पूर्वको छुर्पी, अलैचीदेखि चियाकफीसम्मका स्टल रहनेछन् ।’

साथै उक्त मेलामा हरेक क्षेत्रका ठूला उद्योगहरुको उत्पादनसमेत बिक्री तथा प्रदर्शनीमा राखिने उनले जानकारी दिए । महासंघको २ दिनसम्म चल्ने उक्त साधारणसभामा देशभरबाट १ हजार ५ सय उद्योगी व्यवसायी आउने अपेक्षा गएिको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?