National life
cg eloctronics

बाढी पहिरोबाट सडकतर्फ २ अर्ब ५२ करोड र ऊर्जातर्फ ४ अर्बको क्षति

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ असोज २०८१, मङ्गलबार
1.9kShares
बाढी पहिरोबाट सडकतर्फ २ अर्ब ५२ करोड र ऊर्जातर्फ ४ अर्बको क्षति
muktinatha bikash bank

काठमाडौँ। गत शुक्रवार र शनिवारका दिन आएको बाढी, पहिरो र डुबानमा परेर हालसम्म २२४ जनाको मृत्यु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आयोजित पत्रकार सम्मेलमा मुख्यसचिव एकनारायण अर्यालले विपतका घटनामा भएको धनजनको क्षतिबारे विस्तृत रूपमा जानकारी गराएका छन् ।

पत्रकार सम्मेलन मार्फत २१ जिल्ला प्रभावित भएको र अझै २४ जना बेपत्ता रहनुको साथै १५८ घाइते रहेको जानकारी दिए। त्यस्तै ४ हजार ३३१ जनाको उद्धार गरिएको सरकारले जनाएको छ। पत्रकार सम्मेलनमा भौतिक क्षतितर्फ खानेपानी ३ अर्ब ५५ करोड,  सडकतर्फ २ अर्ब ५२ करोड, ऊर्जातर्फ ४ अर्ब, र सिँचाइतर्फ १ अर्बको क्षति भएको प्रारम्भिक अनुमान रहेको सरकारले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

बाढी पहिरोबाट ३७ वटा राजमार्ग अवरुद्ध भएकोमा ९ वटा सञ्चालन आइसकेको सरकारले जनाएको छ । त्यस्तै ३४ निर्माणाधीन जलविद्युत आयोजनाहरूमा क्षति पुगेको छ भने कृषितर्फ ६ अर्ब रुपैयाँ बराबरको क्षति भएको सरकारले जनाएको छ। सरकारले विपद्पछि खोजी कार्यमा ३० हजार ७ सय सुरक्षाकर्मीसहित हेलिकोप्टर समेत प्रयोग गरिएको जनाएको जानकारी दिएका छन् ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?