National life

रोजीरोटी गुमेको भन्दै विद्युत् काटिएका उद्योगका मजदुरहरू प्रदर्शनमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ पुस २०८०, बुधबार
845Shares
रोजीरोटी गुमेको भन्दै विद्युत् काटिएका उद्योगका मजदुरहरू प्रदर्शनमा
ncell

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन काटिदिएको विरोधमा बाराको सिमरास्थित जगदम्बा स्टिल, त्रिवेणी स्पिनिङ मिल र हुलास स्टिलमा कार्यरत मजदुरहरुले सडक प्रदर्शन गरेका निकालेका छन् ।

मंगलबार बिहान जगदम्बा स्टिल उद्योगका मजदुरहरुबाट विरोध प्रदर्शन सुरु भएको थियो। त्यसपछि त्रिवेणी स्पिनिङ मिल र हुलास स्टिलमा कार्यरत मजदुरहरु पनि प्रदर्शनमा उत्रिएका छन् ।

हाल जगदम्बा स्टिलमा करिव ३ हजार ५ सय, त्रिवेणी स्पिनिङमा करिव २ हजार ५ सय र हुलास स्टिलमा करिव एक हजार ५ सय मजदुरहरु कार्यरत छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आ–आफ्ना कारखानाबाट प्लेकार्डसहित प्रदर्शनमा निस्किएका उनीहरुले नेपाल विद्युत प्राधिकरणको कार्यालय घेराउ गरी जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ ।

बिजुली काटिएपछि उद्योग बन्द हुँदा आफूहरुको रोजीरोटी संकटमा परेको भन्दै मजदुरहरुले प्रदर्शन गरेका छन् । उनीहरुले उद्योग र प्राधिकरणबीचको द्वन्द्वको मारमा आफूहरु परेको गुनासो गरेका छन् ।

खासगरी ‘डेडिकेटेड फिडर’ र ‘ट्रंक लाइन’ मार्फत वितरण गरेको विद्युतको महसुल दरको भुक्तानीलाई लिएर नेपाल विद्युत् प्राधिकरणले कतिपय उद्योगको बिजुलीको लाइन काट्न थालेपछि सरकार र व्यवसायीबीच आरोप–प्रत्यारोप चलेको छ ।

यो समाचार शेयर गर्नुहोस्
845SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?