काठमाडौं । नेपाल विद्युत प्राधिकरणका ट्रेड युनियनहरुले नेपाल सरकारले विद्युत महसुल रकम नवुझाई उद्योगहरुको लाईन जोड्न सरकारले दिएको निर्देशनको विरोध गरेका छन् ।
बिहिबार एक बिज्ञप्ती जारी गर्दै प्राधिकरण निकट ४ युनियनहरुले डेडिकेटेड फिडर तथा ट्रंकलाइन बक्यौता नबुझाउन्जेल उद्योगहरुमा लाइन नजोड्न आग्रह गरेका हुन् । उनीहरुले मन्त्रीपरिषद्को निर्देशनका आधारमा लाइन जोडे काट्ने चेतावनी पनि दिएका छन् ।
त्यसैगरी प्रबन्ध निर्देशक कुलमान घिसिङलाई ध्यानाकर्षणपत्र बुझाइ महसुल नतिर्ने अरु उद्योगको पनि लाइन काट्न ट्रेड युनियनहरुले आग्रह गरेका छन् ।
डेडिकेटेड फिडर तथा ट्रंकलाइनको विद्युत महसुल बक्यौता रकम नियमानुसार असुलउपर गर्ने सन्दर्भमा व्यवस्थापनलाई आईपर्ने हरेक चुनौतीको सामना गर्न आफुहरु सदा तत्पर रहने पनि उनीहरुले जनाएका छन् ।



































