National life

सातवटै प्रदेशमा आईएमई लाइफ इन्स्योरेन्सद्वारा बीमा साक्षरता कार्यक्रम सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ साउन २०८१, मङ्गलबार
685Shares
सातवटै प्रदेशमा आईएमई लाइफ इन्स्योरेन्सद्वारा बीमा साक्षरता कार्यक्रम सम्पन्न
ncell

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको सातौं वार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दोस्रो दिन बीमाको क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथ कम्पनीले सातवटै प्रदेशका विभिन्न शैक्षिक संस्थाहरुमा बीमा साक्षरता जागरण अभियान सम्पन्न गरेको छ।

आईएमई लाइफ इन्स्योरेन्सको स्थापनाको सातौं वर्ष पुरा गरेको अवसरमा मुलुकभर बीमा साक्षरता जागरण अभियान गरिएको हो। कम्पनीले बीमा क्षेत्रको समग्र विकास एवं विस्तारको लागि विद्यालय, क्याम्पसमा अध्ययनरत विद्यार्थी र विभिन्न संस्थाहरुमा कार्यारत कर्मचारीहरुलाई लक्षित गरी बीमा साक्षरता जागरण अभियान सञ्चालन गरिएको जनाएको छ । नेपालको बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिको उद्देश्यलाई आत्मसात गर्दै बीमा साक्षरता जागरण अभियान गरिएको कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

महेन्द्रनगर स्थित कञ्चनपुर गर्ल्स होस्टेल, भिमाद स्थित रिसिङ पाटन, चापागाँउ स्थित देवि बहुमुखी क्याम्पस, डडेल्धुरा स्थित भिमदत्त बहुमुखी क्याम्पस, सातदोबाटो स्थित सशस्त्र प्रहरी बल, टिकापुर स्थित टिकापुर बहुमुखी क्याम्पस, अत्तरिया स्थित होलिल्याण्ड उच्च मा.वि., कैलाली स्थित लम्की बहुमुखी क्याम्पस, तनहुँ स्थित भानुभक्त बहुमुखी क्याम्प्स, लगायत मुलुकभर विभिन्न शैक्षिक प्रतिष्ठान तथा संस्थाहरुमा उक्त बीमा साक्षरता जागरण कार्यक्रम गरिएको कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
685SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?