National life

अर्थमन्त्री पुन र चिनियाँ राजदूतबिच भेटवार्ता ,लगानीकर्ता बढाउन छनलाई आग्रह 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ चैत २०८०, मङ्गलबार
796Shares
अर्थमन्त्री पुन र चिनियाँ राजदूतबिच भेटवार्ता ,लगानीकर्ता बढाउन छनलाई आग्रह 
ncell

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत छन् सोङ र अर्थमन्त्री वर्षमान पुन अनन्तबिच आज  मङ्गलवार शिष्टाचार भेट भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा राजदूत छनले दोस्रोपटक अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका मन्त्री पुनलाई बधाई दिँदै कार्यकाल सफलताको कामना गरेका छन्।

भेटमा मन्त्री पुनले चिनियाँ सहयोग तथा लगानीमा निर्माणाधीन विकास आयोजनाका कामलाई तीव्रता दिन आग्रह गर्दै प्रक्रियामा रहेका आयोजना अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । चीनले पछिल्लो दशकमा गरेको आर्थिक विकास र गरिबी निवारणको काम विश्वकै लागि उदाहरणीय हुन सक्ने बताएको चर्चा गर्दै चीनको अनुभव नेपालका लागि पनि सान्दर्भिक हुन सक्ने बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चीनले नेपालको भौतिक विकाससहित विभिन्न क्षेत्रमा विगतदेखि नै सहयोग गर्दै आएकामा धन्यवाद दिँदै पुनले नेपालको अर्थतन्त्रमा केही शिथिलता देखिएको र जनताको विकासको आकाङ्क्षा उच्च भएकाले नियमितभन्दा थप सहयोगको अपेक्षा राखिएको उल्लेख गरे ।

मन्त्री पुनले क्रस हिमालय रेलवे परियोजनालाई नेपालले उच्च प्राथमिकतामा राखेको चर्चा गर्दै चिनियाँ पक्षबाट भइरहेको सम्भाव्यता अध्ययनको प्रगतिबारे चासो व्यक्त गरे । केरुङ–काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर० निर्माणको काम जारी छ । रेल मार्ग नेपालीको सपना हो’, मन्त्री पुनले भने, ‘यो आयोजनालाई हामीले प्राथमिकतामा राखेका छौँ । छिटो काम अघि बढोस् भन्ने चाहन्छौँ ।’

०७२ को महाभूकम्प, कोभिड–१९ महामारी र पछिल्लो जाजरकोट भूकम्पपछि चीन सरकारका तर्फबाट भएको मानवीय सहयोग स्मरणयोग्य रहेको स्मरण गर्दै मन्त्री पुनले चिनियाँ लगानीमा चक्रपथको दोस्रो खण्डको काम छिट्टै अघि बढ्ने विश्वास व्यक्त गरे । यस्तै उनले जिलोङ–केरुङ–रसुवागढी–चिलिमे २ सय २० केभी अन्तर्देशीय प्रसारण लाइन निर्माणको काम पनि तत्काल अघि बढाउनुपर्ने बताए ।

मन्त्री पुनले आगामी वैशाखमा हुने लगानी सम्मेलनका लागि निमन्त्रणा गरिसकिएको जानकारी दिँदै बढीभन्दा बढी लगानीकर्ता आउन प्रेरित गरिदिन राजदूत छनलाई आग्रह गरे । यस्तै मन्त्री पुनले भैरहवा र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु गर्न आग्रह गरे । जवाफमा राजदूत छनले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा भएका द्विपक्षीय सहमति कार्यान्वयनमा जोड दिए । उनले नेपाल र चीनबिच लामो मित्रता र सहकार्य रहेको भन्दै आगामी दिनमा आपसी समन्वय र सहकार्य थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।

राजदूत छनले नेपालको लगानी सम्मेलन सफलताको शुभकामना दिँदै चिनियाँ व्यवसायीको लगानी सम्मेलनमा उत्साहजनक सहभागिता रहने प्रतिबद्धता जनाए । चीनले नेपालको आर्थिक र सामाजिक विकासलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिँदै उनले कृषि, उद्योग र प्रविधिको क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताए ।

यो समाचार शेयर गर्नुहोस्
796SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?