National life

एनसेलले पूर्व सूचनामा पुर्‍याएको योगदानको कदर गर्दै नेपाल सरकारबाट सम्मानित 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ चैत २०८०, शुक्रबार
791Shares
एनसेलले पूर्व सूचनामा पुर्‍याएको योगदानको कदर गर्दै नेपाल सरकारबाट सम्मानित 
ncell

काठमाडौँ । एनसेलले पूर्व सूचना प्रणालीमा पुर्‍याएको योगदानको सम्मानका लागि नेपाल सरकारले सम्मान गरको छ।

बिहीबार काठमाडौँमा आयोजित नेशनल वर्कसप अन अर्ली वार्निङ् सिस्टम कार्यक्रममा जलस्रोत तथा सिँचाइ सचिव सुशिलचन्द्र तिवारीले एनसेललाई सम्मान स्वरुप कदर पत्र प्रदान गरेका हुन्। एनसेलले पूर्व सूचना प्रणाली सञ्चालनका लागि जल तथा मौसमजन्य विपद्को सूचना सम्प्रेषणमा पुर्याएको अतुलनीय योगदानको उच्च मूल्याङ्कन गर्दै यो कदर पत्र प्रदान गरेको कम्पनीले जनाएको छ।

गत पुसमा मात्र एनसेलले जल तथा मौसम विज्ञान विभागले एक समझदारी पत्रमा हस्ताक्षर गरेर सहकार्यलाई थप विस्तार गरेका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जस अन्तर्गत पूर्व सूचना प्रणालीमा अब १३ वटा जोखिमहरू समेटिएका छन्। यसै अनुरूप एनसेलले जल तथा मौसम दुवैका कारण हुने प्राकृतिक प्रकोपहरूका बारेमा पूर्व सूचना प्रवाह गर्दै आएको छ।

पूर्व सूचना प्रणालीमा अग्रणी भूमिका खेल्दै सन् २०१६ देखि एनसेलले जल तथा मौसम विभागसँगको सहकार्यमा बाढीको जोखिम रहेको ठाउँमा बसोबास गर्ने मानिसहरूलाई पूर्व सूचना प्रवाह गर्दै आएको छ। ती १३ प्रकोपहरूमा बाढी, आकस्मिक बाढी, वर्षा, चट्याङ, हावा हुरी, आँधी, पहिरो, हिम पहिरो, हिमपात, शीत लहर, डढेलो, वायु प्रदूषण र घुम्रपात रहेका छन्।

कुनै प्राकृतिक विपद् घट्नु अगाडि नै प्राप्त हुने पूर्वसूचनाले जनधनको क्षति हुनबाट बचाउँछ। पूर्व सूचनाका कारण त्यस्ता जोखिमहरूबाट बच्न सफल मानिसका लागि जीवनदान सरह हुन्छ। यस्तो सहकार्यले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने मानिस समक्ष सम्पर्क गर्न सहज बनाई हजारौँ मानिसहरूको जीवन रक्षा गर्न ठुलो भूमिका खेल्दछ। अध्ययनले बाढीको प्रकोप बढ्दै गए पनि त्यसबाट हुने मानवीय क्षति भने पूर्व सूचना प्रवाहका कारण धेरै कम भएको देखाएको छ।

कदर पत्र ग्रहण गरे पछि उत्साह प्रकट गर्दै एनसेलका चीफ रेगुलेटरी एन्ड लिगल अफिसर विशाल मणि उपाध्यायले भने, ‘जल तथा मौसम विज्ञान विभागसँग पूर्व सूचना प्रणालीका लागि निरन्तर सहकार्य गर्न पाएकोमा हामी खुसी छौ र यो कदर पत्रका लागि हामी आभारी छौँ। हामीले सेवा प्रदान गर्ने समुदाय र त्यहाँका नागरिकको सुरक्षा सुनिश्चित गर्ने हाम्रो प्रतिबद्धता अनुरूप यो सहकार्य गरिरहेका छौँ। सम्भावित विपद्बाट आम नेपालीको जनधन जोगाउने हाम्रो निरन्तरको प्रयास जारी रहने छ। हामी सारा नेपाल र नेपालीको हितको लागि सदैव काम गर्न तत्पर छौँ र यसै अनुरूप आगामी दिनमा पनि प्रभावकारी कार्यहरू गर्दै जाने छौँ।’

पूर्व सूचना प्रणालीले जोखिम क्षेत्रभित्र रहेका मानिसहरूलाई सम्भावित जोखिमको बारेमा सूचित गर्दै आ–आफ्ना सामानहरू लिएर सुरक्षित स्थानमा जानलाई अग्रिम जानकारी दिन्छ। त्यसै गरी विपद् पूर्वयारी तथा प्रतिकार्यमा संलग्न संघसंस्थाहरुलाई समयमा नै आवश्यक कार्य गर्न सहयोग पुर्‍याउँछ।

यो समाचार शेयर गर्नुहोस्
791SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?