काठमाडौँ । सरकारले केही महत्वपूर्ण सार्वजनिक सेवाहरूमा हडताल गर्न नपाइने व्यवस्था लागू गरेको छ। आवश्यक सेवा सञ्चालन ऐन, २०१४ अन्तर्गत सरकारद्वारा राजपत्रमा सूचना प्रकाशित गर्दै २५ प्रकारका सेवाहरूलाई अत्यावश्यक सूचीमा राखिएको हो ।
सरकारी निर्णयअनुसार अब डाँक, टेलिफोन तथा सञ्चार सेवा, जल, स्थल र हवाई यातायातमार्फत हुने यात्रु तथा मालसामान ढुवानी, सरकारी छापाखाना लगायतका क्षेत्रमा हडताल गर्न पाइने छैन ।
त्यस्तै, खानेपानी, पेट्रोलियम पदार्थ आपूर्ति, स्वास्थ्य सेवा, औषधि, सरसफाइ, बैंकिङ, बीमा, विद्युत् तथा दैनिक उपभोग्य वस्तु आपूर्ति जस्ता सेवाहरूलाई पनि अत्यावश्यक मान्दै अवरोध गर्न निषेध गरिएको छ ।
यस व्यवस्थाले सर्वसाधारणलाई प्रत्यक्ष असर पर्ने सेवा नियमित सञ्चालनमा राख्ने उद्देश्य राखिएको सरकारको भनाइ छ ।
यी सार्वजनिक आवश्यक सेवाहरुमा हडताल गर्न नपाइने





































