National life

सहज रूपमा सेवा दिन लाइसेन्स छाप्ने अधिकार प्रदेश सरकारलाई दिने तयारी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० माघ २०८०, बुधबार
677Shares
सहज रूपमा सेवा दिन लाइसेन्स छाप्ने अधिकार प्रदेश सरकारलाई दिने तयारी
ncell

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमति पत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिने तयारी भइरहेको बताएका छन् ।

पार्टीको केन्द्रीय स्कुल विभागद्वारा आज आयोजित प्रशिक्षण कार्यक्रममा मन्त्री ज्वालाले जनतालाई सहज रुपमा सेवा उपलब्ध गराउन अनुमति पत्र छाप्ने अधिकार प्रदेशलाई दिन लागिएको जानकारी दिएका हुन। सवारी चालक अनुमति पत्रका लागि रकम भुक्तानी र आवेदन अनलाइनमार्फत भर्न सकिने मन्त्री ज्वालाले जानकारी दिएका हुन ।

मन्त्री ज्वालाले भने,“केही दिनअघि हामीले प्रदेशका सम्बन्धित मन्त्री र सचिवसँग बसेर यसका बारेमा छलफल गरेका छौँ”, “अब सवारी चालक अनुमति पत्रलाई प्रदेशस्तरीय बनाउनुपर्छ, सङ्घमा राखेर हुँदैन भन्ने निष्कर्ष निकालेका थियौँ ।” यसलाई अझ प्रभावकारी र भरपर्दो बनाउने गृहकार्यमा मन्त्रालय जुटिरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मन्त्री ज्वालाले थपे “हाम्रा केही सीमा छन् । ती सीमालाई सम्मान गर्दै हामीले केही राम्रा कार्यहरू गरेका छौँ । रकम भुक्तानी र आवेदन अनलाइनमार्फत भर्न सकिने व्यवस्था गरेका छौँ । सवारी लाइसेन्समा भएको घोटाला बाहिरा ल्याएका छौँ ।”

मन्त्री ज्वालाले करिब २९ हजार नक्कली लाइसेन्स खारेज भइसकेको जानकारी दिँदै छापिएका करिब एक लाख नक्कली लाइसेन्स रद्द गर्ने प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
677SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?