National life

कुलेखानी बाँध भरिने अवस्थामा, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ असोज २०८१, शुक्रबार
1.4kShares
कुलेखानी बाँध भरिने अवस्थामा, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
ncell

काठमाडौँं । लगातार वर्षाका कारण मकवानपुरमा रहेको कुलेखानी जलविद्युत केन्द्रको जलाशय भरिएको भन्दै सचेत रहन आग्रह गरिएको छ ।

कुलेखानी ड्याम केही घन्टामा भरिने स्थिति देखिएको र बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएकोले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वाग्मती नदी किनाराका बस्तीहरूमा एक्कासी बाढी आउन सक्ने अवस्था देखिएको बताइएको छ ।

जलाशयमा अधिकतम १५३१ मीटरसम्म मात्रै पानी भण्डारण हुन सक्छ । असोजतिर भरिने यो जलाशयमा वर्खाको पानी जम्मा गरी मुख्य रुपमा विद्युतको अत्याधिक माग हुने हिउँदमा मात्रै चलाउने गरिदै आएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कुलेखानी जलाशय भरिँदै गएका कारणले पानी निकासका लागि बाँधको गेटहरु खोल्नु पर्ने अवस्था आउन सक्ने भएकाले सर्तक रहन तल्लो तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरिएको हो ।

यसका साथै प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू एवं स्वयंसेवकहरू समेत हाइ अलर्टमा बस्नुहुन पनि अनुरोध गरिएको छ ।

सम्बन्धित पालिकाका स्थानीय विपद् व्यवस्थापन समितिहरूले समेत तदनरुप सुरक्षित स्थानको पूर्वतयारी गर्नुहुन गर्न आग्रह गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?