National life
cg eloctronics

नागढुंगा सुरुङमार्गमा शुल्क लागू, काठमाडौं प्रवेश गर्दा कति तिर्नुपर्छ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२६ दिन अगाडि|१५ कात्तिक २०८३, आइतबार
1.3kShares
नागढुंगा सुरुङमार्गमा शुल्क लागू, काठमाडौं प्रवेश गर्दा कति तिर्नुपर्छ?
muktinatha bikash bank

काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आजदेखि शुल्क तिर्नुपर्ने भएको छ। नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सवारीसाधनको प्रकार र आवतजावतको दिशाअनुसार फरक–फरक शुल्क निर्धारण गर्दै भुक्तानी व्यवस्था लागू गरेको हो।

निर्धारित शुल्कअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर तथा माइक्रोबसले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौं बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तै, मिनिबस तथा मिनिटिपर र ट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तिर्नुपर्नेछ। बस तथा सिंगल रियर एक्सल ट्रकका लागि प्रवेश शुल्क २६० रुपैयाँ र बाहिरिने शुल्क २०० रुपैयाँ तोकिएको छ।

यसैगरी, मल्टी एक्सल ट्रक, अन्य सवारीसाधन तथा भारी उपकरणले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्ने आयोजनाले जनाएको छ।

नेपाल राजपत्रमा २०८२ चैत २६ गते प्रकाशित सूचनाका आधारमा सुरुङमार्ग प्रयोगबापत शुल्क उठाउन लागिएको हो।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?