National life
cg eloctronics

नागढुंगा सुरुङ मार्गमा १५ कात्तिकदेखि शुल्क लाग्ने, कुन सवारीले कति तिर्नुपर्छ?

नागढुंगा सुरुङ प्रयोग गरेबापत शुल्क तिर्नुपर्ने, कारदेखि ट्रकसम्मको दर तय

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२९ दिन अगाडि|१२ कात्तिक २०८३, बिहिबार
1.5kShares
नागढुंगा सुरुङ मार्गमा १५ कात्तिकदेखि शुल्क लाग्ने, कुन सवारीले कति तिर्नुपर्छ?
muktinatha bikash bank

काठमाडौं । नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनले आगामी १५ कात्तिकदेखि काठमाडौं प्रवेश गर्दा कारमा ६५ रुपैयाँदेखि भारी उपकरणमा ६०० रुपैयाँसम्म सडक उपभोग दस्तुर तिर्नुपर्ने भएको छ। सुरुङ मार्ग प्रयोग गरी काठमाडौं बाहिरिने सवारीसाधनका लागि भने छुट्टै दर निर्धारण गरिएको छ।

नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाका अनुसार सवारीसाधनको वर्ग र काठमाडौं प्रवेश गर्ने वा बाहिरिने दिशाका आधारमा शुल्क तोकिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

निर्धारित दरअनुसार कार, भ्यान, पिकअप, ट्याक्टर र माइक्रोबसलगायत हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।

मिनी बस तथा मिनी टिपर वा ट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ। त्यस्तै, बस तथा ट्रकका लागि प्रवेशमा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ दस्तुर तोकिएको छ।

मल्टी एक्सल ट्रक तथा भारी उपकरणले भने काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्नेछ।

everest bank

आयोजनाका अनुसार सडक बोर्ड नेपालको कार्यकारी समितिले १२ असोजमा गरेको निर्णय र नेपाल राजपत्रमा २६ चैत २०८२ मा प्रकाशित सूचनाका आधारमा सडक उपभोग दस्तुर निर्धारण गरिएको हो।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?