काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आथिर्क वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा ७५.७९ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३३ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत आवमा कम्पनीको कुल आम्दानी तीन अर्ब ५० करोड ८१ लाख रुपैयाँ रहेकोमा चालु आवमा १७.५२ प्रतिशतले बढेर चार अर्ब १२ करोड २७ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीले समीक्षा अवधिसम्म ३ अर्ब ११ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको २ अर्ब ८९ करोडको तुलनामा ७.७९ प्रतिशतले धेरै हो । कम्पनीको अन्य प्रत्यक्ष आम्दानी ७३ लाख २५ हजार,लगानी तथा कर्जा आम्दानी ९६ करोड १३ लाख र बीमितलाई प्रदान गरिएको कर्जाबाट ३ करोड ४४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।
यस अवधिमा कम्पनीको कम्पनीको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ९८ पैसा रहेकोमा चालु आवमा दुई रुपैयाँ ०७ पैसाले बढेर ११ रुपैयाँ ०५ पैसा पुगको छ ।
चुक्ता पुँजी चार अर्ब रुपैयाँ रहको यस कम्पनीले तेस्रो त्रैमाससम्म रिटेन्ट अर्निङमा ८५ करोड ९२ लाख रुपैयाँ, शेयर प्रिमियममा एक अर्ब ५२ करोड ५८ लाख र महाविपत्ति कोषमा १५ करोड ९१ लाख रुपैयाँ सञ्चिति गरेको छ । यस अवधिसम्म आइपुग्दा कम्पनीको जीवन बीमा कोषमा आठ अर्ब ९० करोड ६७ लाख रुपैयाँ रहेको छ ।
यस अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ४९.८० गुणा कायम भएको छ ।
[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2024/04/Quarterly-Report-IME-Life.pdf"]

































