National life

आइएमई लाइफको नाफा ७६ %ले बढ्दा अरुको २ प्रतिशत पनि बढेन, हेरौं अन्य सूचक कस्ता छन् ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ मंसिर २०८०, बुधबार
808Shares
आइएमई लाइफको नाफा ७६ %ले बढ्दा अरुको २ प्रतिशत पनि बढेन, हेरौं अन्य सूचक कस्ता छन् ?
ncell

काठमाडौं। केही समयअघि प्रिमियम थप गरेर आईपीओ बिक्री गरेका ४ वटा जीवन बीमा कम्पनीमध्ये आइएमई लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा निकै राम्रो प्रदर्शन गरेको छ । प्रिमियममा साधारण शेयर बिक्री गरेका सिटिजन, सन नेपाल, रिलायबल नेपाल भन्दा आइएमईको समग्र वित्तीय अवस्था अरुको भन्दा राम्रो देखिएको हो ।

पहिलो त्रैमासको रिपोर्ट अनुसार आइएमईको खुद नाफा ७६ प्रतिशले बढेको छ । जबकी बाँकी कम्पनीको २ प्रतिशत पनि बढेको छैन ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस कम्पनीले पहिलो त्रैमासमा ११ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ३९ लाख खुद नाफा कमाएको थियो ।

कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी शतप्रतिशत बढेको छ । जसका कारण कम्पनीको नाफामा भारी सुधार देखिएको हो ।

त्यसैगरी कम्पनीको प्रथम बीमा शुल्क संकलन पनि भारी मात्रामा बढेको छ । उक्त शुल्क ५८ प्रतिशतले बढेर ३२ करोड ४० लाख रुपैयाँ पुगेको छ । बाँकी २ कम्पनीको प्रथम बीमा शुल्क घटेको छ भने एउटाको करिब ६ प्रतिशतले बढेको छ ।

यता, खुद बीमा शुल्क संकलन पनि २३ प्रतिशतले बढेर १ अर्ब ३ करोड माथि पुगेको छ । यसले गर्दा पनि आइएमईले आक्रामक व्यापार गरेको स्पष्ट देखिएको छ । जसका कारण नाफासँगै हरेक सूचकमा सुधार भएको देखिएको हो ।

प्रिमियममा आईपीओ बिक्री गरेका कम्पनीको प्रमुख वित्तीय सूचकलाई तुलना गरेर हेर्दाः

चुक्ता पूँजी, रिटेन्ड अर्निङ र शेयर प्रिमियम कसको कति ?

पहिलो त्रैमासको रिपोर्ट अनुसार चुक्ता पूँजी आइएमई लाइफ र रिलायबल नेपालको ४ अर्ब रुपैयाँ बराबरको रहेको छ । यी दुई मध्ये आइएमईको रिटेन्ड अर्निङमा ५५ करोड ९ लाख रुपैयाँ छ भने रिलायबलको १ अर्ब १३ करोड रुपैयाँ रहेको छ । त्यस्तै शेयर प्रिमियममा आइएमईको १ अर्ब ५३ करोड र रिलायबलको १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । बाँकी दुई सिटिजन र सन नेपालको चुक्ता पूँजी र शेयर प्रिमियमा आइएमई र रिलायबलको भन्दा कम छ ।

खुद बीमा शुल्क र प्रथम बीमा शुल्क आइएमईको धेरै

आइएमई लाइफले १ अर्ब ३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको उक्त शुल्क २३ प्रतिशतले बढेको हो । गत वर्षको असोजमा कम्पनीले ८४ करोड ३२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।

यता, सिटिजनको उक्त शुल्क १ अर्ब ४२ करोड छ । यो गत वर्षको असोज महिनाको तुलनामा ३.४६ प्रतिशत धेरै हो । रिलायबको ९३ करोड ३५ लाख र सन नेपालले ८५ करोड १३ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन् ।

यता, प्रथम बीमा शुल्क संकलन गर्नेमा आइएमई अगाडि छ । कम्पनीको उक्त शुल्क संकलन करिब ६० प्रतिशतले बढेको छ । गत वर्षको असोजमा २० करोड ३९ लाख रुपैयाँ रहेको प्रथम बीमा शुल्क संकलन अहिले बढेर ३२ करोड ४० लाख पुगेको छ । सिटिजन र रिलायबलको उक्त शुल्क संकलन दर घटेको छ । सन नेपालको भने ५.४७ प्रतिशतले मात्र बढेको छ ।

आइएमई लाइफको नाफा ७६ प्रतिशतले बढ्यो, बाँकीको २ प्रतिशत पनि बढेन

यसअवधिसम्म आइपुग्दा आइएमई लाइफको नाफा ७६.२१ प्रतिशतले बढेर १३ करोड ३ लाख पुगेको छ । गत वर्षको असोजमा यसले ७ करोड ३९ लाख खुद नाफा कमाएको थियो । बाँकी ३ वटा बीमा कम्पनीको खुद नाफा २ प्रतिशत भन्दा कमले मात्र बढेको छ । सिटिजनले ७ करोड १४ लाख, रिलायबल नेपालले ११ करोड ९४ लाख र सन नेपालले १६ करोड ५३ लाख नाफा कमाएका छन् । आइएमईको तुलनामा यिनीहरुको नाफा निकै कम प्रतिशतले बढेको हो ।

आइएमईको लगानी तथा कर्जाबाट हुने आम्दानी धेरै

आइएमई लाइफको लगानी तथा कर्जाबाट हुने आम्दानी शतप्रतिशतले बढेर ३१ करोड ७४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको असोज मसान्तसम्म यसले १५ करोड ८५ लाख रुपैयाँ उक्त शीर्षकबाट आम्दानी गरेको थियो । बाँकी कम्पनीको उक्त आम्दानी यसको भन्दा कम छ । सिटिजनले २६ करोड ६४ लाख, रिलायबल नेपालले ३० करोड ५० लाख र सन नेपाले लगानी तथा कर्जाबाट १५ करोड ९६ लाख आम्दानी गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
808SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?