National life

आइएमई लाइफको शेयर प्रतिकित्ता ५२९ रुपैयाँ ५० पैसामा पहिलो कारोबार

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२१ साउन २०८०, आइतबार
1.3kShares
आइएमई लाइफको शेयर प्रतिकित्ता ५२९ रुपैयाँ ५० पैसामा पहिलो कारोबार
ncell

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको स्पेशल प्रि ओपन सेसनमा पहिलो कारोबार भएको छ।यस दिन आइएमई लाइफ (ILI) को शेयर प्रतिकित्ता ५२९ रुपैयाँ ५० पैसामा पहिलो कारोबार भएको छ।

आइएमई लाइफ इन्स्योरेन्सको शेयर साउन १८ गते नेप्सेमा सूचीकृत भएको थियो। नेप्सेले पहिलो कारोबारका लागि आइएमई लाइफलाई न्युनतम १७६ रुपैयाँ ५३ पैसा देखि ५२९ रुपैयाँ ५९ पैसासम्मको ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सोही ओपनिङ्ग रेञ्जका आधारमा यस दिन यी कम्पनीको पहिलो कारोबार भएको हो।

यस्तै आज कारोबारको पहिलो दिनमै आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

स्पेशल प्रि ओपन सेसनमा पहिलो कारोबार प्रतिकित्ता ५२९ रुपैयाँ ५० पैसामा कारोबार भएको शेयर दोस्रो बजारमा प्रतिकित्ता ५२.९० रुपैयाँले बढेर ५८२ रुपैयाँमा कारोबार भैरहेको छ ।

नेप्सेमा आइएमई लाइफको १०० अंकित दरका कुल ४ करोड कित्ता सेयर सूचीकृत छ । नेप्सेले आइएमई लाइफलाई ‘आईएलआई’ कारोबार संकेत प्रदान गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?